निर्वाचन अधिकृतको कार्यालय स्थापना
नेपालगञ्ज – वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि बाँकेमा बिहीबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
बाँकेको खजुरा गाउँपालिकाले विहान निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन गरेको छ भने अन्य पालिकामा यो क्रम जारी छ ।
निर्वाचन अधिकृत लोकबहादुर सुनार र खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले संयुक्त रुपमा कपास विकास समितिमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन गरेका हुन् । कार्यक्रम विभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागिता थियो ।
निर्वाचन अधिकृत लोकबहादुर सुनारले आयोगले निर्देशन गरेको ऐन, नियम र निर्देशिकामा रहेर निर्वाचन सप्पन्न गर्ने बताउनुभयो ।
खजुरा गाउँ पालिका अध्यक्ष किस्मत कुमार कक्षपति र नेपाली काँग्रेसका रमेश सिजालीले शान्तिपूर्ण भयरहित निर्वाचनको पक्षमा आफुहरु रहेको बताउनुभयो।
खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले सबै दल तथा सरोकारवाला निकायको सहकार्यमा निर्वाचन निस्पक्ष, धाँधलीरहित हुनु पर्नेमा जोड दिनुभयो ।