एमालेमा सर्वसम्मत हुने
नेपालगञ्ज – नेकपा एमाले, बाँकेको आठौं अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुने भएको छ ।
पुस २३ गते हुने जिल्ला अधिवेशनको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा एमालेका नेताहरुले अधिवेशनमा नेतृत्व सर्वसम्मत रुपमा चयन हुने बताए ।
एमालेका केन्द्रीय सदस्य एवं बाँके जिल्ला इन्चार्ज सूर्य ढकाल, केन्द्रीय सदस्य मो. हारुन, जिल्ला अध्यक्ष निरक गुरुङले आठौं महाधिवेशन एकताको महाधिवेशन हुने बताउनुभयो । ‘वडा, पालिकादेखि नै सर्वसम्मत भएको छ । जिल्लामा पनि सर्वसम्मत गरेर एकताको सन्देश दिन्छौं, केन्द्रीय सदस्य ढकालले भन्नुभयो, एमालेविरुद्ध चौतर्फी आक्रमण भइरहेकाले हामी एकतावद्ध भएर अघि बढ्छौं ।
एमालेमा एक हजार तीन सय ८३ जना प्रतिनिधि छन् । आठौं जिल्ला अधिवेशन एमाले कार्यालयमा हुने जिल्ला सचिव रत्न खत्रीले जानकारी दिनुभयो । पत्रकार भेटघाटमा केन्द्रीय सदस्य पशुपतिदयाल मिश्र, जिल्ला उपाध्यक्ष किस्मतकुमार कक्षपतिलगायतको उपस्थिति थियो ।