३८ जनाको जाँच्दा तीन जनालाई कोरोना
नेपालगञ्ज – बाँकेमा मंगलबार तीन जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, ३८ जनाको जाँच गर्दा तीन जनालाई कोरोना देखिएको हो । कोरोना देखिएका तीन जनामा दुई जना बाँके र एक जना पश्चिम रुकुमका रहेका छन् ।
भेरी अस्पतालमा आठ जनाको दुई जना दुई जना र कोहलपुर मेडिकल कलेजमा १८ जनाको जाँच गर्दा एक जनालाई कोरोना देखिएको छ । बागेश्वरी ल्याबमा १२ जनाको जाँच गर्दा कसैलाई पनि कोरोना देखिएको छैन ।
बाँकेमा मंगलबार दुई जना डिस्चार्ज भएका छन् । यहाँ सक्रिय संक्रमित नौ जना रहेका छन् ।