बाँकेका ६ जनालाई कोरोना संक्रमण

नेपालगञ्ज – बाँकेमा ६ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, तीन वटा ल्याबमा ७२ जनाको परीक्षण गर्दा ६ जना थपिएका हुन् । थपिएका ६ जना बाँके निवासी रहेका छन् ।
भेरी अस्पतालमा १० जनाको परीक्षण गर्दा दुई जना र कोहलपुर मेडिकल कलेजमा ४० जनाको परीक्षण गर्दा चार जना थपिएका छन् । बागेश्वरी ल्याबमा २२ जनाको परीक्षण गर्दा सबैको नेगेटिभ रिपोर्ट आएको छ ।
जिल्लामा एक सय एक जना सक्रिय संक्रमित रहेका छन् । १६ जना सिकिस्त, २९ जना मध्यम र चार जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । आइतबार नौ जना डिस्चार्ज भएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !