बाँकेमा २६ जना संक्रमित थपिए

नेपालगञ्ज – बाँकेमा २६ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, जिल्लाका तीन वटा ल्याबमा एक सय १२ जनाको परीक्षण गर्दा २६ जनामा कोरोना देखिएको हो । भेरी अस्पतालमा ६४ जनाको जाँच गर्दा १७ जना, कोहलपुर मेडिकल कलेजमा ३६ जनामा आठ जना र बागेश्वरी ल्याबमा १२ जनामा एक जनालाई कोरोना देखिएको छ ।
कोरोना देखिएकामध्ये बाँके जिल्ला निवासी आठ जना रहेका छन् । अरु बाहिरी जिल्लाका हुन् । जिल्लामा एक सय ३१ जना सक्रिय संक्रमित रहेका छन् । अस्पतालमा १८ जना सिकिस्त, ३१ जना मध्यम र चार जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
जिल्लामा बुधबार १९ जना डिस्चार्ज भएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !