स्कूललाई मात्रै निषेधाज्ञा किन ?

नेपालगञ्ज – बाँकेमा पाँच महिनादेखि निषेधाज्ञा जारी रहेको छ । पछिल्लो केही महिनादेखि निषेधाज्ञा नाम मात्रको रहेको छ ।
यो नाम मात्रको निषेधाज्ञाले विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको छ । अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको स्थानीय प्रशासनले स्कूल र फिल्म, फनपार्कबाहेक अरु सबै खुल्ला छोडेको छ ।
स्कूल खोल्दामात्रै कोरोना सर्ने हो र ? चौतर्फी प्रश्न उठ्न थालेको छ । सबै खुल्ला हुँदा स्कूलमात्रै बन्द गर्नु हुँदैन भन्ने चर्को आवाज उठेको छ । काठमाडौंमा समेत निषेधाज्ञा हटाइदा बाँकेमा पनि हटाउनु पर्ने आवाज उठेको छ । नेपालगञ्जमा बैशाख ९ र जिल्लाभरी १३ गतेदेखि निषेधाज्ञा जारी गरिएको छ ।
बाँकेमा कोरोना संक्रमण घट्दो नै रहेको छ । बाहिरी जिल्लाबाट उपचार गराउन आउने बढी देखिन्छन् । जिल्लामा संक्रमण घट्दा समेत स्कूललाई मात्रै निषेधाज्ञा लगाउनु कुनै मानेमा उचित देखिएको छैन । यसबारेमा सम्बद्ध अधिकारी र निकायले सोच्नु पर्ने बेला आएको छ ।


error: यो सुविधा उपलब्ध छैन !