ठूलो मात्रामा कपडा बरामद
नेपालगञ्ज – बाँके प्रहरीले ठूलो मात्रामा कपडालगायतका सामान बरामद गरेको छ ।
प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १६, जयसपुरबाट कपडा, मोटरसाइकलको पार्टपूर्जा बरामद गरेको हो ।
प्रहरीका अनुसार, बेवारिसे अवस्थामा छोडिएको एक लाख ४८ हजार ६ सय ९० रुपैया बराबरको सामान बरामद भएको छ । बरामद भएको सामान भन्सार कार्यालय पठाइएको छ । नेपालीको चाडबाड नजिकिदै गर्दा भन्सार छली पैठारीका घटना बढ्न थालेको छ ।