आठ जना थपिए, ६ जना घर गए
नेपालगञ्ज – बाँकेमा मंगलबार १४ जनामा कोरोना पुष्टि भएको छ ।
जिल्लाका तीन वटा ल्याबमा ८६ जनाको परीक्षण गर्दा १४ जनालाई कोरोना पुष्टि भएको हो ।
भेरी अस्पतालमा ३० जनाको परीक्षण गर्दा ८ जना, कोहलपुर मेडिकल कलेजमा ३८ जनामा ६ जना र बागेश्वरी ल्याबमा १८ जनाको परीक्षण गर्दा कसैलाई पनि कोरोना देखिएन । कोरोना देखिएका १४ जनामध्ये बाँके निवासी आठ जना रहेका छन् ।
जिल्लामा मंगलबार ६ जना डिस्चार्ज भएका छन् ।