राप्तीसोनारीमा कर्मचारी युनियनको प्रारम्भिक कमिटि गठन

नेपालगञ्ज – राप्तीसोनारी गाउँपालिकामा नेपाल निजामति कर्मचारी युनियनको प्रारम्भिक कमिटि गठन भएको छ ।
पालिकाका लेखा अधिकृत गौरवकुमार लामिछानेको अध्यक्षतामा १३ सदस्यीय युनियन गठन गरिएको हो । युनियनको उपाध्यक्षमा देवेन्द्रकुमार केसी, रेणुकुमारी लामिछाने, सचिव लोकेन्द्र चन्द र कोषाध्यक्षमा महेन्द्र खड्का रहेका छन् ।
सदस्यहरुमा देवबहादुर केसी, दुर्गा केसी, कृष्ण खड्का, बेझु परियार, लक्ष्मी कुमाल, रामप्यारी थारु रहेका छन् ।


प्रारम्भिक कमिटि गठन अघि युनियन बाँकेका कार्यवाहक अध्यक्ष उद्धव श्रेष्ठको अध्यक्षतामा भएको छलफलमा केन्द्रीय सदस्य नारायण लम्साल, गाउँपालिकाका अध्यक्ष लाहुराम थारु, उपाध्यक्ष धनीकुमार खत्री, पूर्वअध्यक्ष नगेन्द्रबहादुर शाही, संगठन विभाग केन्द्रीय सदस्य कृष्ण आचार्य, प्रदेश सदस्य दसीराम थारुको उपस्थिति रहेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !