कोरोना अपडेट : एकको मृत्यु, १९ जना थपिए

नेपालगञ्ज – बाँकेमा मंगलबार कोरोनाबाट एकजनाको मृत्यु भएको छ । १९ जनालाई कोरोना पुष्टि भएको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, सुर्खेत भेरीगंगा नगरपालिका वडा नं. ५ का ५७ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ । साउन ४ गते सुर्खेतमा पीसीआर गरिएका उनलाई ५ गते भेरीमा भर्ना गरिएको थियो । उनको मंगलबार विहान सात बजे मृत्यु भएको छ ।
योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउदा मृत्यु हुनेको संख्या ३ सय ७९ जना पुगेको छ ।
फोकलपर्सन वलीले दिएको जानकारी अनुसार, बाँकेमा मंगलबार एक सय ७२ जनाको परीक्षण गर्दा १९ जनामा कोरोना पुष्टि भएको छ । त्यसमध्येमा बाँके जिल्ला निवासी १५ जना रहेका छन् ।
भेरी अस्पतालमा ७८ जनाको परीक्षण गर्दा १० जना, कोहलपुर मेडिकल कलेजमा ६० जनामा ८ जना र बागेश्वरी ल्याबमा ३४ जनाको परीक्षण गर्दा एकजनालाई कोरोना देखिएको हो । बाँकेमा सक्रिय संक्रमितको संख्या ९८ पुगेको छ । अस्पतालमा १४ जना सिकिस्त, १५ जना मध्यम र ५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । मंगलबार तीन जना डिस्चार्ज भएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !