पीसीआर रिपोर्ट आएकै दिन भर्ना, भोलीपल्ट मृत्यु

 

नेपालगञ्ज – पीसीआर पोजिटिभ आएकै दिन भेरी अस्पताल, नेपालगञ्जमा भर्ना भएका बर्दियाका २३ वर्षीय युवकको भोलीपल्टै मृत्यु भएको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीले दिएको जानकारी अनुसार, बर्दिया ठाकुरबाबा नगरपालिका वडा नं. ५ का २३ वर्षीय युवकको आज विहान तीन बजे मृत्यु भएको छ ।
साउन १९ गते बागेश्वरी ल्याबमा पीसीआर गरेका उनलाई त्यही दिन भेरीमा भर्ना गरिएको थियो ।
विगत तीन दिनदेखि बाँकेमा लगातार एक-एक जनाको मृत्यु भइरहेको छ । मृतक सबै बाहिरी जिल्लाका रहेका छन् । अहिले पनि यहाँका अस्पतालमा उपचारमा रहेका धेरैजना विरामी बाहिरी जिल्लाकै रहेका छन् । बाँकेका १५ र बाहिरी जिल्लाका २४ जनाको उपचार भइरहेको छ ।
बाँकेमा अहिलेसम्म बाहिरी जिल्लाबाट उपचार गराउन आउदा ३ सय ८० जनाको मृत्यु भइसकेको छ ।


error: यो सुविधा उपलब्ध छैन !