१३ जनामा देखियो कोरोना

 

नेपालगञ्ज – बाँकेमा १३ जनामा कोरोना देखिएको छ ।
जिल्लाका तीन वटा ल्याबमा एक सय ५३ जनाको परीक्षण गर्दा १३ जनामा कोरोना देखिएको हो । कोरोना देखिएकामध्ये चार जना बाँके निवासी हुन् । अरु बाहिरी जिल्लाका छन् ।
भेरी अस्पतालमा ६५ जनाको परीक्षण गर्दा चार जना, कोहलपुर मेडिकल कलेजमा ३९ मा ६ जना र बागेश्वरी ल्याबमा ४९ जनाको परीक्षण गर्दा तीन जनामा कोरोना पुष्टि भएको छ ।
बाँकेमा ५७ जना सक्रिय संक्रमित रहेका छन् । यहाँका अस्पतालमा १३ जना सिकिस्त, १४ जना मध्यम र चार जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !