शाहले महाकाली–मेची साइकल यात्रा गर्दै

नेपालगञ्ज – नेपालगञ्जका ५६ वर्षीय तेजविक्रम शाहले महाकालीदेखि मेचीसम्म साइकल यात्रा गर्ने भएका छन् ।
कोभिडबाट ज्यान गुमाएकाहरुको आत्माको शान्तिका लागि शाहले साउन १८ गतेदेखि महाकालीबाट साइकल यात्रा गर्ने भएका हुन् ।
साइकल यात्रा ११ दिने रहेको छ । मेची–महाकाली साइकल यात्रा गर्ने शाह बाँकेको पहिलो हुनेछन् । बाँकेमा साइकल चलाउनेको संख्या दिन प्रति दिन बढ्दो रहेको छ । शहरमा साइकलको क्रेज बढेको छ । यो यात्राले साइकल संस्कृतिलाई बढावा दिने विश्वास गरिएको छ ।


नेपालगञ्जका मेयर डा. धवलशमशेर राणा, उपमेयर उमा थापामगर, खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपति, डा. कुमारसान शाह, नेपालगञ्ज साइक्लिङ क्लवका अध्यक्ष गगन थापा, सतिश निरौलाले शाहलाई महाकाली–मेची यात्राका लागि शुभकामना दिएका छन् ।
दैनिक साइकलमै रमाउने शाहले टूर डे ठाकुरद्वारा, नेपालगञ्जदेखि दोधारा चाँदनी राइड गरिसकेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !