गुरदिनगौरीमा सशस्त्रको विओपी स्थापना

नेपालगञ्ज – सशस्त्र प्रहरी बल नेपालले राप्तीसोनारी गाउँपालिकाको वडा नं. ४ मा पर्ने गुरदिनगौरीमा विओपी स्थापना गरेको छ ।
विओपीको गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले एक समारोहका बीच उद्घाटन गर्नुभयो । सो अवसरमा गाउँपालिका अध्यक्ष थारुले विओपी स्थापना पछि चोरी पैठारी नियन्त्रण हुनुका साथै जनताले शान्तिको महसुस गर्ने बताउनुभयो ।
उहाँले जनतासँग समन्वय गरेर सम्बन्ध सुमधुर बनाई काम गर्न सशस्त्र प्रहरीलाई आग्रह गर्नुभयो ।
विओपी उद्घाटनमा ३० नम्बर गणका प्रमुख एसपी अशोककुमार बम र ४२ नम्बर गणका प्रमुख एसपी प्रकाशकुमार सुवेदीको उपस्थिति थियो ।


वडा नं. ४ का अध्यक्ष कान्छा थारुको अध्यक्षतामा भएको विओपी उद्घाटन कार्यक्रममा एसपी बमले शान्ति सुरक्षा कायम गर्न सशस्त्र प्रहरीले जनतासँग हातेमालो गर्दै अघि बढ्ने बताउनुभयो । उहाँले विभिन्न ठाउँमा विओपी स्थापना गर्दै जाने नीति बनाइएको बताउनुभयो ।
बाँकेको दक्षिणी नाकामा सशस्त्र प्रहरीले विओपी निर्माणलाई तिब्रता दिएको छ । भारततर्फ सीमामा खटिएको एसएसवीको अढाई किलोमिटरको फरकमा पोष्ट रहेको छ । नेपालमा त्यति नजिक हुन सकेको छैन ।


error: यो सुविधा उपलब्ध छैन !