१९ जनामा देखियो कोरोना

नेपालगञ्ज – बाँकेमा बिहीबार १९ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्रका अनुसार, १ सय ६४ जनाको परीक्षण गर्दा १९ जनामा कोरोना पुष्टि भएको हो ।
भेरी अस्पतालमा एक सय २८ जनाको परीक्षण गर्दा १५ जना र कोहलपुर मेडिकल कलेजमा ३६ जनाो परीक्षण गर्दा चार जनामा कोरोना पुष्टि भएको छ । कोरोना देखिएकोमा नौ जना बाँके जिल्लाका बासिन्दा हुन् ।
जिल्लामा १३ जना सिकिस्त, १५ जना मध्यम र तीन जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !