मोबाइल चोर्ने पक्राउ

नेपालगञ्ज – नेपालगञ्जमा मोबाइल पसलमा चोरी गर्ने गिरोह पक्राउ परेको छ ।
बाँके प्रहरीले पुष्पलालचोकस्थित बसपार्क रोडमा रहेको गौतम इलेक्ट्रोनिक्स एण्ड मोबाइल सप्लायर्समा चोरी गर्ने तीन जनालाई पक्राउ गरेको हो ।
एक हप्ता अघि सप्लायर्सबाट ५५ वटा स्मार्ट फोन चोरी भएको थियो । बाँके प्रहरीले तीन जनालाई ३६ वटा मोबाइलसहित पक्राउ गरेको छ । प्रहरीले पत्रकार सम्मेलन गरेर चोर र बरामद भएको सामान सार्वजनिक गर्दैछ ।


error: यो सुविधा उपलब्ध छैन !