भौतिक उपस्थितिमा शिक्षण सिकाई नगर्न निर्देशन

राप्तीसोनारी – राप्तीसोनारी गाउँपालिकाले भौतिक उपस्थितिमा शिक्षण सिकाई क्रियाकलाप तत्काल बन्द गर्न निर्देशन दिएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाहीले बैकल्पिक माध्यमको प्रयोग गरी शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न आग्रह गर्नु भएको छ । उहाँले विद्यार्थीको भौतिक उपस्थितिमा शिक्षण सिकाई क्रियाकलाप गरेमा नियमानुसार कारबाही गर्ने चेतावनी दिनु भयो । गाउँपालिकाले सबै विद्यालयलाई सम्बोधन गरेर यस्तो सूचना जारी गरेको छ ।


error: यो सुविधा उपलब्ध छैन !