कोरोना अपडेट : २४ जना थपिए, एकको मृत्यु

नेपालगञ्ज – बाँकेमा २४ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, तीन वटा ल्याबमा एक सय ५९ जनाको परीक्षण गर्दा २४ जनामा कोरोना देखिएको हो ।
भेरी अस्पतालमा ५७ जनाको परीक्षण गर्दा ११ जना, कोहलपुर मेडिकल कलेजमा ७२ जनामा ५ जना र बागेश्वरी ल्याबमा ३० जनाको परीक्षण गर्दा ८ जनामा कोरोना देखिएको छ । कोरोना देखिएकामध्ये बाँके जिल्ला निवासी चार जना रहेका छन् ।
बाँकेमा कोभिडका ११ जना सिकिस्त र १३ जना मध्यम विरामी रहेका छन् ।
यसैबीच, पछिल्लो चौविस घण्टामा बाँकेमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बर्दिया ठाकुरबाबा नरपालिका वडा नं. ९ का ५२ वर्षीय पुरुषको उपचारको क्रममा भेरी अस्पताल, नेपालगञ्जमा मृत्यु भएको हो । असार २२ गते भर्ना भएका उनको २१ गते पीसीआर गरिएको थियो । योेसँगै बाँकेमा उपचार गराउन आउदा बाहिरी जिल्लाका ३ सय ७७ जनाको मृत्यु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !