राप्तीसोनारी–३ मा धारा वितरण

नेपालगञ्ज – राप्तीसोनारी गाउँपालिका वडा नं. ३ ले एक सय ५४ वटा धारा वितरण गरेको छ ।
‘एक घर, एक धारा’ वितरण गर्ने अभियानअन्तर्गत बिहीबार धारा वितरण गरिएको हो । वडाध्यक्ष गंगाराम थारु, सदस्यहरु दमकला जैसी, प्रेमबहादुर थारु, शिवप्रसाद थारु, शान्ति सुनारलगायतको उपस्थिति थियो ।
वडाध्यक्ष थारुले सबैले स्वच्छ र सफा खानेपानी पिउन सकुन् भन्ने उद्देश्यले एक घर, एक धाराको अभियान चलाइएको बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !