बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

नेपालगञ्ज – बैंकिङ कसुर मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
बाँके प्रहरीले कोहलपुर नगरपालिका वडा नं. ११ का ३८ वर्षीय विष्णुजीवन धिताल (सन्ज्याल) लाई पक्राउ गरेको हो । धिताललाई बैंकिङ कसुर मुद्दामा जिल्ला अदालतले तीन दिन कैद र दुई लाख असी हजार रुपैया जरिवानाको फैसला गरेको थियो ।
२०७७ फाल्गुन १२ गते अदालतको फैसला आएलगत्तै धिताल फरार रहेका थिए । प्रहरीले उनलाई बिहीबार पक्राउ गरेको हो । धिताललाई जिल्ला अदालत बुझाउने तयारी भएको बाँके प्रहरीले जनाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !