पौडी खेल्दा तीन जनाको डुबेर मृत्यु

नेपालगञ्ज – बाँकेको कोहलपुरमा पौडी खेल्ने क्रममा तीन जनाको डुबेर मृत्यु भएको छ ।
नेपालगञ्जमा कोहलपुरको डुडुवा खोलामा रहेको बन्दा नहरमा पौडी खेल्न पुगेका पाँच जनामध्ये तीन जनाको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय, कोहलपुरका डीएसपी रविन्द्र खनालका अनुसार, नेपालगञ्ज उपमहानगरपालिका ११ का १६ वर्षीय अरिब जसगढ, १७ वर्षका अरमान जसगढ र सदरलाइन बस्ने १८ वर्षका रासिद जसगढको डुबेर मृत्यु भएको छ ।
बुधबार अरपान्ह ५ बजे कोहलपुर नगरपालिका वडा नं. १०, चटारमा पर्ने बन्दामा पौडी खेल्ने क्रममा केही व्यक्ति डुबेको खबर पाएपछि पुगेको प्रहरीले तीन जनाको शव निकालेको थियो । शवलाई पोष्टमार्टमका लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा ल्याइएको छ ।


error: यो सुविधा उपलब्ध छैन !