एक सय ४४ जनामा आठ जनालाई कोरोना

नेपालगञ्ज – बाँकेमा एक सय ४४ जनाको परीक्षण गर्दा आठ जनालाई कोरोना पुष्टि भएको छ ।
यहाँका तीन वटा ल्याबमा कोरोना परीक्षण हुँदै आएको छ । भेरी अस्पतालमा ७२ जनाको जाँच गर्दा तीन जना, कोहलपुर मेडिकल कलेजमा ४७ जनामा ५ जनामा कोरोना देखिएको छ । बागेश्वरी ल्याबमा २५ जनाको जाँच गर्दा एकजना पनि पोजिटिभ देखिएनन् । कोरोना देखिएकोमध्ये बाँके निवासी दुई जना परेका छन् ।
जिल्लामा सक्रिय संक्रमित ५३ जना रहेका छन् । यहाँका अस्पतालहरुमा ११ जना सिकिस्त, ११ जना नै मध्यम र तीन जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । बुधबार ६ जना डिस्चार्ज भएका छन् । कसैको मृत्यु भएको छैन ।


error: यो सुविधा उपलब्ध छैन !