नेपालगञ्जका थप दुई वडा बालविवाह मुक्त घोषणा

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाका थप दुई वटा वडा बालविवाह मुक्त घोषणा भएका छन् ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ र वडा नं. २ बिहीबार बालविवाह मुक्त वडा घोषणा भएका हुन् । नेपालगञ्ज उपमहानगरपालिकामा यसअघि वडा नं. १० र १२ नम्बर वडा बालविवाह मुक्त वडा घोषणा भइसकेका छन् ।
नेपालगञ्जका मेयर डा. धवलशमशेर राणा, उपमेयर उमा थापामगर, वडा नं. १ का अध्यक्ष प्रमोद रिजाल, वडा नं. २ का अध्यक्ष सुनिलसिंह हमालले एक कार्यक्रमबीच दुई वटा वडालाई बालविवाह मुक्त घोषणा गरेका हुन् ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ मा एक वर्षमा ५९ वटा विवाह भएको छ । त्यसमा आठ वटा बालविवाह रहेको छ । प्रतिशतमा निकाल्दा १३.५५ हुन आउँछ । वडा नं. २ मा एक वर्षमा ५० वटा विवाह हुँदा आठ वटै बालविवाह भएको छ । यहाँ १३.७९ प्रतिशत बालविवाह भएको छ ।


बाँकेमा अहिलेसम्म नौ वटौ वडा बालविवाह मुक्त घोषणा भएका छन् । २०६८ सालको जनगणना अनुसारमा बाँकेमा ६६.०८ प्रतिशत बालविवाह रहेको छ ।
सामाजिक परम्परा र प्रेम गरेर बालविवाह गर्ने क्रम अझै रोकिएको छैन । जनचेतनाको कमी, जातीय विभेद, आर्थिक अभाव, गरिवी, र बेरोजगार, सामाजिक परम्परा, अशिक्षा, धर्म र संस्कार, कुसंस्कार, पुरानो रितिरिवाज, पुरुष प्रधान समाज, पारिवारिक दबाब, कानून थाहा नपाएर, साथीहरुको देखासिकी र प्रेम विवाह, सामाजिक सञ्जाल र मोबाइल दुरुपयोगलगायत कारणले बालविवाह हुँदै आएको छ ।


error: यो सुविधा उपलब्ध छैन !