अन्डरवेयरभित्र ब्राउनसुगर

नेपालगञ्ज – कोहलपुरका राजीव थारु नेपालगञ्जमा ब्राउनसुगरसहित पक्राउ परेका छन् । सीमावर्ती बजार रुपैडिहाबाट नेपालगञ्ज प्रवेश गरेका थारुलाई जमुनाहा नाकामा जाँच गर्दा ब्राउनसुगर फेला परेको हो ।
थारुले अन्डरवेयरभित्र दुई ग्राम आठ सय मिलिग्राम ब्राउनसुगर राखेका थिए । जमुनाहामा रहेका प्रहरीले शंका लागेर जाँच गर्दा थारुको साथबाट ब्राउनसुगर बरामद भएको हो ।
जमुनाहा नाकामा लागु औषध नियन्त्रण ब्यूरोको टोली सधैं रहने गर्दछ । विशेष सुराक र शंका लागेका व्यक्तिलाई ब्यूरोको टोलीले जाँच गर्ने गर्दछ । ब्यूरोका प्रनानि प्रेम अधिकारीको टोलीले थारुलाई शंका लागेर जाँच गर्दा अन्डरवेयरभित्र ब्राउनसुगर बरामद भएको थियो ।
सीमावर्ती बजार भएकाले नेपालगञ्जमा ब्राउनसुगरको कारोबार हुने गर्दछ । यहाँबाट अन्यत्र जिल्लामा ब्राउनसुगर सप्लाई हुने गरेको छ ।


error: यो सुविधा उपलब्ध छैन !