६० वर्ष पुगेका स्वयंसेविकालाई सम्मानसहित विदाई

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले ६० वर्ष उमेर पुरा भएका महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान सहित विदाई गरेको छ ।
शुक्रबार नगर प्रमुख डा. धवलशमशेर राणा, प्रमुख प्रशासकीय अधिकृत हिरालाल रेग्मी र स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले महिला स्वास्थ्य स्वयंसेविकालाई जनही नगद ५० हजारसहित सम्मानपत्रबाट सम्मानित गर्नुभयो । ६० वर्ष पुरा भएका महिला स्वास्थ्य स्वयंसेविकाले हालसम्म पु¥याएको योगदानको कदर स्वरुप सम्मान गरिएको नगर प्रमुख राणाले बताउनुभयो । महिला स्वास्थ्य स्वयंसेविकाको सम्मानसहित विदाईका लागि संघीय सरकारले २० हजार रुपिया मात्रै उपलब्ध गराएकोमा उपमहानगरपालिकाले ३० हजार थप गरि ५० हजार उपलब्ध गराइएको हो । नेपालगञ्जमा दुई सय एक जना महिला स्वास्थ्य स्वयमसेविका रहेकोमा ६० वर्ष उमेर पुरा भएका ३३ जनालाई शुक्रबार औपचारिक विदाई गरिएको छ ।
महिला स्वास्थ्य स्वयंसेविका नारायणी रुपाखेती, गीता राणालगायतले आफुहरुले लामो समयसम्म सेवा गरेपनि विदाई हुनेक्रममा सरकारबाट पर्याप्त सहयोग नपाएको गुनासो गर्नुभयो ।


error: यो सुविधा उपलब्ध छैन !