कम्प्रेसर मेसिन पड्किदा एकको मृत्यु, दुई घाइते
नेपालगञ्ज – नेपालगञ्जमा कलर गर्ने क्रममा कम्प्रेसर मेसिन पड्किदा एकजनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २१, पुरैनीमा रहेको किसान फिड मिल प्रालिमा कलर गर्ने क्रममा कम्प्रेसर मेसिन पड्किदा बारा कलैया उपमहानगरपालिका वडा नं. १९ का २५ वर्षीय साविराज मियाको मृत्यु भएको छ ।
घटनास्थलमा पुगेका वडा प्रहरी कार्यालय, नेपालगञ्जका इन्चार्ज डिल्ली खड्काका अनुसार, मिलमा रंग लगाउने क्रममा कम्प्रेसर मेसिन पड्किदा नसरुद्दिन मिया र इसराद्दिन मिया घाइते भएका छन् । घाइतेहरुको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।