बाँकेमा थप आठ जनाको मृत्यु

नेपालगञ्ज – बाँकेमा थप आठ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीले ५ जना भेरी अस्पताल, दुई जना कोहलपुर मेडिकल कलेज र एकजनाको होम आइसोलेसनमा मृत्यु भएको जानकारी दिनुभयो ।
खजुरा गाउँपालिका वडा नं. १ का ६४ वर्षीया महिलाको होम आइसोलेसनमा मृत्यु भएको छ । बैशाख २८ गते भेरीमा पीसीआर गरिएका उनलाई होम आइसोलेसनमा राखिएको थियो । कैलाली लम्कीचुहाका ४० वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । बैशाख २९ गते पीसीआर गरिएका उनलाई ३० गते भर्ना गरिएको थियो ।
सल्यान कुमाख गाउँपालिकाका वडा नं. १ का ६७ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । बैशाख १८ गते पीसीआर गरिएका उनलाई २५ गते भर्ना गरिएको थियो । बर्दिया मधुवन नगरपालिका वडा नं. ६ का ५९ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । बैशाख १५ गते पीसीआर गरिएका उनलाई २७ गते भर्ना गरिएको थियो ।
बैजनाथ गाउँपालिका वडा नं. ६ का ३५ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । बैशाख २६ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो । खजुरा गाउँपालिका वडा नं. ३ का ७५ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । बैशाख २३ गते भर्ना भएका उनको २५ गते पीसीआर गरिएको थियो ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ५ का ६१ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । बैशाख २० गते पीसीआर गरिएका उनलाई २५ गते भर्ना गरिएको थियो । कोहलपुर नगरपालिका वडा नं. २ का २८ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । बैशाख २४ गते पीसीआर गरिएका उनलाई २६ गते भर्ना गरिएको थियो ।
योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय २२ जना पुगेको छ । बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउदा एक सय ६७ जनाको मृत्यु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !