माइती नेपाल, बर्दियाद्वारा स्वास्थ्य सामाग्री सहयोग

बर्दिया – माइती नेपाल, बर्दियाले गुलरिया नगरपालिका र जिल्ला प्रहरी कार्यालयलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
माइती नेपाल, बर्दियाका संयोजक गायत्री रिमालका अनुसार, गुलरिया नगरपालिकालाई मास्क ७ सय थान, सेनिटाइजर पाँच सय एमएलको १४ थान, फेससिल ६० थान र ग्लोब्स सहयोग गरिएको छ । त्यस्तै, जिल्ला प्रहरी कार्यालय, बर्दियालाई मास्क ३ सय थान, सेनिटाइजर पाँच सय एमएलको ६ थान, फेससिल्ड ४० थान, ग्लोब्स सहयोग गरिएको छ ।
कोभिड–१९ को माहामारी रोकथामका लागि कार्यालयले नगरपालिका र प्रहरीलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको संयोजक रिमालले बताउनुभयो । गुलरिया नगरपालिकाका उपप्रमुख सुशीला गिरी र जिल्ला प्रहरी कार्यालय, बर्दियाका एसपी ईश्वर कार्कीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थियो ।
स्वास्थ्य सामाग्री बुझेपछि उपप्रमुख गिरी र एसपी कार्कीले महामारी रोकथाममा माइती नेपालले स्वास्थ्य सामाग्री सहयोग गरेर राम्रो काम गरेको बताउनुभयो । माइती नेपाल, बर्दियाले सरकारी तथा गैर सरकारी संघ संस्थासँग मिलेर बर्दियामा मानव बेचबिखन रोकथाममा अह्म भूमिका खेल्दै आएको छ ।


error: यो सुविधा उपलब्ध छैन !