बाँकेमा थप चार जनाको मृत्यु
नेपालगञ्ज – बाँकेमा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक चारै जना बाँकेका हुन् ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १९ का ५१ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ । बैशाख १७ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो । उनको आज विहान ७ बजे मृत्यु भएको छ ।
खजुरा गाउँपालिका वडा नं. १ का ६५ वर्षीया महिलाको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । बैशाख २२ गते पीसीआर गरिएका उनलाई २६ गते भर्ना गरिएको थियो । उनको आज १०.२० बजे मृत्यु भएको छ ।
कोहलपुर नगरपालिका वडा नं. १ का ७० वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । बैशाख २६ गते भर्ना गरिएका उनको २७ गते १२ बजे पीसीआर गरिएको थियो । उनको आज ११ बजे नै मृत्यु भएको थियो ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ का ३५ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । बैशाख १४ गते पीसीआर गरिएका उनलाई २४ गते भर्ना गरिएको थियो । उनको आज १ बजे मृत्यु भएको छ ।
योसँगै बाँकेमा कोरोनाबाट एक सय ९१ जनाको मृत्यु भएको छ ।