बाँकेमा निषेधाज्ञा बढाइयो

नेपालगञ्ज – बाँकेमा निषेधाज्ञालाई फेरि बढाइएको छ ।
जिल्ला प्रशासन कार्यालय, बाँकेले सूचना जारी गर्दै निषेधाज्ञा जेठ ३ गते राती १२ बजेसम्मका लागि निरन्तरता दिएको जनाएको छ ।
कोभिड–१९ को संक्रमण दरमा कमी नआई परिस्थिति असहज बन्दै गइरहेको स्थितिमा संक्रमण रोकथाम, नियन्त्रण र उपचार व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन निषेधाज्ञालाई लम्ब्याइएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।
बाँकेमा बैशाख १३ गते रातीदेखि जिल्लाभरी नै निषेधाज्ञा लगाइएको थियो । २० गतेसम्म लगाइएको निषेधाज्ञालाई २७ गतेसम्म निरन्तरता दिइएको थियो । त्यसलाई अहिले जेठ ३ गतेसम्म पु¥याइएको छ । त्यसअघि स्थानीय प्रशासनले बैशाख नौ गतेदेखि नै नेपालगञ्ज एरियामा मात्रै निषेधाज्ञा लगाएको थियो ।
बाँकेमा पछिल्लो दिनमा दैनिक पाँच सय बढी संक्रमित बढिरहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !