बर्दियाका दुई जनाको मृत्यु

नेपालगञ्ज – बाँकेमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक दुवै जना बर्दिया जिल्लाका रहेका छन् ।
बर्दिया गुलरिया नगरपालिका वडा नं. ७ का ४६ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ । बैशाख २३ गते पीसीआर गरिएका उनलाई २६ गते भर्ना गरिएको थियो । २६ गते नै राती १० बजे मृत्यु भयो ।
बाँसगढी नगरपालिका वडा नं. ८ का ६८ वर्षीया पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । बैशाख २२ गते पीसीआर गरिएका उनलाई २६ गते भर्ना गरिएको थियो । उनको २६ गते राती ११.५० बजे मृत्यु भएको छ ।
योसँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचार गराउन आउदा मृत्यु हुनेको संख्या एक सय ४१ जना पुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !