भेरीमा एक सय ७९ जना थपिए

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा मंगलबार पनि ठूलो संख्यामा कोरोना संक्रमित थपिएका छन् ।
अस्पतालका अनुसार, एक सय ९३ जनाको परीक्षण गर्दा एक सय ७९ जनालाई कोरोना पुष्टि भएको छ । जाँच गरेकोमध्ये ९२.७ प्रतिशतलाई कोरोना भएको छ ।
बाँकेमा तीन ठाउँबाट कोरोना परीक्षण हुने गर्दछ । मेडिकल कलेज र बागेश्वरी ल्याबको रिपोर्ट आइसकेको छैन ।
यसैबीच, भेरी अस्पतालमा खजुरा गाउँपालिका वडा नं. २ का ३३ वर्षीय पुरुषको मृत्यु भएको छ । बैशाख ६ गते भेरी अस्पतालमा आएका उनलाई ७ गते पोजिटिभ भएको थियो । पोजिटिभ आएपछि आज नै २ बजे अस्पतालमा भर्ना भएका उनको २.४० बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।
योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६४ जना पुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !