कोरोनाबाट स्टाफ नर्सको मृत्यु

नेपालगञ्ज – कोरोनाबाट स्टाफ नर्सको मृत्यु भएको छ ।
दाङ तुलसीपुर निवासी २० वर्षीय स्टाफ नर्सको आज विहान ११ बजेतिर भेरी अस्पताल, नेपालगञ्जमा मृत्यु भएको हो ।
भेरी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. प्रकाश थापाले ६ दिनदेखि भेरीमा उपचार गराइरहेकी स्टाफ नर्सको मृत्यु भएको जानकारी दिनुभयो । ‘दाङबाट नै कोरोना भएर यहाँ ल्याइएको थियो, ६ दिनसम्म उपचार गरियो, बचाउन सकिएन, मेसु डा. थापाले भन्नुभयो ।
मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत थिइन् ।


error: यो सुविधा उपलब्ध छैन !