कोरोना संक्रमित ७५ वर्षीय बृद्धको घरमै मृत्यु

नेपालगञ्ज – बाँकेमा कोरोना संक्रमित ७५ वर्षीय बृद्धको मृत्यु भएको छ ।
कोहलपुर नगरपालिका १४ का ७५ वर्षीय बृद्धको घरमै मृत्यु भएको हो । बैशाख ५ गते कोहलपुर मेडिकल कलेजमा कोरोना पुष्टि भएका बृद्धलाई घरमै राखिएको थियो । उनको गएराती १२ बजेतिर घरमै मृत्यु भयो ।
योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६१ जना पुगेको छ । बृद्ध दीर्घरोगी थिए । भारतमा उपचार गराइएको थियो । बैशाख ४ गते भारतबाट घरमा ल्याइएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !