८१ लाई जाँच्दा ७५ लाई कोरोना

नेपालगञ्ज – बाँकेमा आइतबार ७५ जना कोरोना संक्रमित पुष्टि भएको छ ।
भेरी अस्पताल, नेपालगञ्जले ८१ जनाको जाँच गरेकोमा ७५ जनालाई कोरोना पुष्टि भएको हो । जाँच गरिएकोमध्ये ९२.६ प्रतिशतलाई कोरोना देखिएको छ ।
अस्पतालका अनुसार, स्वास प्रश्वासमा समस्या भएका, ज्वरो आएका वा अन्य लक्षणसहित अस्पतालमा आएका व्यक्तिहरुको जाँच भएकाले कोरोना देखिने प्रतिशत बढी भएको हो । अहिले कोरोना पुष्टि भएकाहरु बाहिर स्वाव संकलन गरिएका छैनन् ।
भेरीमा रहेको एक सय ४२ बेड भरिसकेको छ । १५ शैयाको कोभिड आइसीयू पनि भरिएको छ । दु्रतगतिमा बढिरहेको संक्रमणलाई बेलैमा रोक्न नसके स्वास्थ्य प्रणाली नै फेल हुन सक्ने स्वास्थ्यकर्मीहरुले आकलन गरेका छन् ।
यसैबीच, भारतको गुजरातबाट आएका सुर्खेत सिम्ताका २५ वर्षीय युवालाई कोरोना पुष्टि भएको छ । नेपालगञ्ज नाकामा जाँच गर्दा उनलाई कोरोना देखिएको हो । चैत्र महिनादेखि अहिलेसम्म नाकामात्रै २६ जनालाई कोरोना पुष्टि भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !