६० जनालाई कोरोना पुष्टि हुँदा बाँकेका ४९ जना

नेपालगञ्ज – बाँकेमा ६० जनालाई कोरोना पुष्टि भएको छ ।
भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा ५९ जना र भारतबाट आएका एकजनामा कोरोना पुष्टि भएको हो ।
भेरी अस्पतालले १ सय १३ जनाको जाँच गर्दा ५९ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको छ ।
कोरोना पुष्टि भएकोमा ४९ जना बाँकेका रहेका छन् । त्यसमा नेपालगञ्जका ४२ जना, कोहलपुरका एक, खजुराका तीन, राप्तीसोनारी गाउँपालिकाका ३ जना रहेका छन् । बर्दिया जिल्लाका चार, सोलुखुम्बु, कैलाली र अछामका एक÷एक र दैलेखका तीन जना रहेका छन् ।
भारतको दिल्लीबाट आएका दाङ तुलसीपुरका ३१ वर्षीय पुरुषलाई पनि कोरोना पुष्टि भएको छ ।
केही दिनयता बाँकेमा दैनिक ठूलो संख्यामा कोरोना संक्रमित थपिरहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !