खजुरामा वेटर तालिम

खजुरा – खजुरा गाउँपालिकाको आर्थिक सहयोग र रिसर्च इम्पावरमेन्ट एण्ड सपोर्ट प्रालिको आयोजनामा ३० दिने होटल वेटर तालिम सञ्चालन भएको छ ।
खजुरा गाउँपालिका भित्रका बेरोजगार २० जना युवा युवतीलाई रोजगारको अवसर दिने उद्देश्यले तालिमको आयोजना गरिएको हो । तालिम पश्चात रोजगारको समेत ग्यारेण्टी दिने गरि आयोजना गरिएको रिसर्च इम्पावरमेन्ट एण्ड सपोर्ट प्रालिका होमबहादुर सुनारले जनाएका छन् ।
तालिम बैशाख २५ सम्म सञ्चालन हुनेछ । होटल वेटर तालिमले बेरोजगार युवा युवतीलाई रोजगारको अवसर प्राप्त हुने खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले बताउनुभयो । होटल ब्यबसाय क्षेत्रमा वेटरको बढ्दो मागलाई मध्यनजर गर्दै खजुरा गाउँपालिकाले आयोजनागरेको होटल वेटर तालिमले बेरोजगार युवालाई प्रत्यक्ष फाईदा पुग्ने होटल ब्यबसाय संघ बाँकेका अध्यक्ष भिमलाल कँडेलले बताउनुभयो ।
खजुरा गाउँपालिका वडा नं ४ का अध्यक्ष तिलकबिर सुनारले बढ्दो बेरोजगारी समस्या हल गर्न सहयोग सिद्ध हुने बिश्वास ब्यक्त गर्नुभयो ।


error: यो सुविधा उपलब्ध छैन !