भारतबाट आएका बाबुछोरालाई कोरोना

नेपालगञ्ज – भारतबाट आएका तीन जनालाई कोरोना देखिएको छ । यता भेरी अस्पतालमा सोमबार नै ४१ जना संक्रमित थपिएका छन् ।
भारतको महाराष्ट्रबाट आएका कोहलपुर नगरपालिका वडा नं. २ का ३५ वर्षका बुवा र १२ वर्षका छोरालाई कोरोना पुष्टि भएको छ । भारतबाट आएका सुर्खेत सिम्ताका १९ वर्षका किशोरलाई पनि कोरोना देखिएको छ ।
कोरोना पुष्टि भएका कोहलपुरका बाबुछोरा होम आइसोलेसनका लागि घरमा गएका छन् । भेरीमा ७८ जनालाई परीक्षण गर्दा ४१ जनालाई कोरोना पुष्टि भएको छ । स्थानीय निकायले आइसोलेसन सेन्टर बनाएका छैनन् । भेरी अस्पतालको बेड भरिदै गएको छ ।


error: यो सुविधा उपलब्ध छैन !