बयान फेरेपछि दश दिन कैद

नेपालगञ्ज – अदालतसम्म बयान फेरेकी कोहलपुरकी २५ वर्षीया इन्द्राकुमारी भण्डारी पक्राउ परेकी छन् ।
जबरजस्ती करणी मुद्दामा अदालतसम्म बयान दिने क्रममा प्रतिकूल बयान दिएपछि झुटो जाहेरी दरखास्त दिएको अभियोगमा अदालतले भण्डारीलाई दश दिन कैद र एक हजार जरिवानाको सजाय सुनाएको थियो ।
२०७३ कात्तिक ७ गते अदालतले कैद र जरिवानाको आदेश गरेपछि भण्डारी फरार भएकी थिइन् । उनलाई प्रहरीले नेपालगञ्जबाट पक्राउ गरेर अदालतलाई बुझाइदिएको छ ।
यसैबीच, प्रहरीले खजुराका राम कुर्मी भन्ने जंगु बर्मालाई पक्राउ गरेर अदालतमा बुझाएको छ । कुर्मीलाई अदालतले २०७७ मंसीर २१ गते कुटपिट र लुटपाट गरेको मुद्दामा १५ हजार जरिवाना तोकेको थियो ।
बाँके प्रहरीले पछिल्लो केही महिनादेखि फरार अभियुक्तलाई धमाधम पक्राउ गर्दै अदालतमा बुझाउँदै गरेको छ ।


error: यो सुविधा उपलब्ध छैन !