६५ वर्षमाथिकालाई खोप लगाउन शुरु
नेपालगञ्ज – सरकारले ६५ वर्षमाथिका व्यक्तिलाई कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु गरेको छ ।
खोप दिनसम्म लगाइने छ । बाँकेमा २५ हजार ७ सय ८९ जनालाई खोप लगाउने स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख धीरजंग शाहले जानकारी दिनुभयो ।
जिल्लाका ८१ वटै वडामा खोप लगाउने काम भइरहेको छ । खोप लगाइसकेपछि सामान्य असरहरु देखिने भएकाले त्यसको समाधानका लागि पालिकास्तरमा डाक्टर नै परिचालन गरिएको छ । ६५ वर्षमाथिका सँगै यसअघि खोप लगाउन छुटेका लक्षित समूहलाई पनि खोप लगाइदैछ । यसअघिको अभियानमा बाँकेमा दश हजारले खोप लगाएका थिए ।