एपीएफ र न्यू डायमण्ड विजयी
नेपालगञ्ज – नेपालगञ्जमा जारी प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगितामा एपीएफले लगातार दोस्रो जीत निकाल्दा न्यू डायमण्डले पहिलो खेल जितेको छ ।
पहिलो खेलमा त्रिभुवन आर्मीलाई पराजित गरेको एपीएफले आज भएको दोस्रो खेलमा लुम्बिनी युनाइटेडलाई पराजित गरेको छ ।
प्रतियोगिताको सहभागी टोलीमध्येको कमजोर लुम्बिनीलाई एपीएफले सोझो सेटमा पराजित गरेको छ । एपीएफले लुम्बिनीलाई २५–८, २५–१२ र २५–८ को सेटमा पराजित गरेको हो । खेलमा एपीएफकी सरस्वती चौधरी ओमन अफ द म्याच भइन् । उनलाई एन्फाका पूर्वउपाध्यक्ष गोवद्र्धनसिंह सम्झना, एन्फा बाँकेका अध्यक्ष भोजराज शाही, यति एयरलाइन्सका शिशिर गौतमले पुरस्कृत गरे ।
अर्को प्रतिस्पर्धात्मक खेलमा न्यू डायमण्डले बाजी मारेको छ । न्यू डायमण्डले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको हो । न्यू डायमण्डले आर्मीलाई शुरुवातदेखि नै दबाबमा राखेको थियो । न्यू डायमण्डले शुरुवाती दुई सेटमा आर्मीलाई २५–१८, २५–२१ मा पराजित ग¥यो । तेस्रो सेटमा आर्मी खेलमा फर्किएको थियो । आर्मीले २५–२३ ले न्यू डायमण्डलाई पराजित गरेको थियो । चौथो सेटमा शुरुवाती अग्रता लिएर पनि आर्मी पराजित हुन पुग्यो । यो सेटमा न्यू डायमण्डले आर्मीलाई २५–२१ ले पराजित ग¥यो ।
दोस्रो खेल खेलेको न्यू डायमण्डले पहिलो जीत निकालेको छ । यसअघि न्यू डायमण्ड पुलिससँग पराजित भएको थियो । खेलमा न्यू डायमण्डकी झरना श्रेष्ठ ओमन अफ द म्याच भइन् । युएनडिपी नेपालका फरनाल्डो कोल्को र प्रदेश सांसद कृष्णा केसी नमूनाले पुरस्कृत गरे ।
प्रतियोगितामा आर्मी दोस्रो पटक पराजित भएको छ । तीन खेल खेलेको आर्मीले एक खेल जितेको छ ।
बाँके जिल्ला भलिबल संघले आयोजना गरेको प्रतियोगिता फाल्गुन २५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा प्रथम हुनेले पाँच लाख पुरस्कार पाउने छन् । दोस्रो हुनेलाई दुई लाख, तेस्रोलाई एक लाख र चौथो हुनेलाई ५० हजार रुपैया पुरस्कार राखिएको छ । प्रतियोगितामा नेपाल प्रहरी, एपीएफ, त्रिभुवन आर्मी, न्यू डायमण्ड र लुम्बिनी प्रदेशको सहभागिता रहेको छ ।