पीएम कप भलिबल : पुलिस र आर्मी विजयी

नेपालगञ्ज – सातौं प्रधानमन्त्री आमन्त्रण महिला भलिबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन पुलिस क्लव र त्रिभुवन आर्मीले विजयी शुरुवात गरेका छन् ।
बाँके जिल्ला भलिबल संघले आयोजना गरेको प्रतियोगिताको उद्घाटन खेलमा पुलिसले न्यू डायमण्डलाई ३–२ सेटमा पराजित गरेको छ । कडा प्रतिस्पर्धात्मक खेलमा पहिलो सेटमा प्रहरीले २५–१९ ले अग्रता लिएको थियो । दोस्रो सेटमा न्यू डायमण्ड खेलमा फर्किएको थियो । उसले पुलिसलाई २८–२६ को सेटमा पराजित ग¥यो । तेस्रो सेटमा प्रहरी विजयी भयो । पुलिसले २५–१९ मै न्यू डायमण्डलाई पछि पा¥यो । चौथो सेटमा न्यू डायमण्डले प्रहरीलाई अलि ठूलो अन्तरमा पराजित ग¥यो । डायमण्डले २५–१७ मा प्रहरीलाई हरायो । अन्तिम सेटमा प्रहरीले शुरुदेखि नै अग्रता लियो । उसले १५–८ अंकमा पराजित गरेर प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।
खेलमा पुलिस क्लवका कोपिला राना ओमन अफ द म्याच हुनुभयो । हिडेन टे«जरका बोर्ड अफ डाइरेक्टर सुवर्ण क्षेत्रीले सम्मान गर्नुभयो ।
दोस्रो खेलमा त्रिभुवन आर्मीले घरेलु टोली लुम्बिनी युनाइटेडलाई सोझो सेटमा पराजित गरेको छ । आर्मीले लुम्बिनीलाई २५–८, २५–८ र २५–७ ले पराजित गरेको हो । खेलमा आर्मीका सोफिया पुन ओमन अफ द म्याच हुनुभयो । युएनडिपीका कार्यक्रम संयोजक सतिश पाण्डेले सम्मान गर्नुभयो ।


देशकै ठूलो धनराशीको प्रतियोगितामध्येको प्रधानमन्त्री आमन्त्रण महिला भलिबल प्रतियोगिताको उद्घाटन मिस नेपाल नम्रता श्रेष्ठले गर्नु भएको थियो । प्रधानमन्त्री कपको सद्भावना दुत मिस नेपाल श्रेष्ठले महिलाहरुको नेतृत्वमा देशकै ठूलो प्रतियोगितामा सहभागी हुन पाउदा खुशी लागेको बताउनुभयो ।
फाल्गुन २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पाँच वटा टीमको सहभागिता रहेको छ । पाँच लाख पुरस्कार रहेको प्रतियोगितामा नेपाल प्रहरी, एपीएफ, त्रिभुवन आर्मी, न्यू डायमण्ड र लुम्बिनी प्रदेशको सहभागिता रहेको छ । प्रतियोगितामा दोस्रो हुनेलाई दुई लाख, तेस्रोलाई एक लाख र चौथो हुनेलाई ५० हजार रुपैया पुरस्कार राखिएको छ ।


नेपालगञ्ज रंगशालाको कभर्ड हलमा नाचगानका साथ प्रतियोगिताको शुरुवात गरिएको छ । प्रतियोगिताको उद्घाटनमा बाँकेका सबै गाउँपालिकाका उपप्रमुखहरुको उपस्थिति रहेको थियो । प्रदेश सांसद एवं प्रतियोगिताका मूल आयोजक समितिका संयोजक कृष्णा केसी नमुनाले महिला सशक्तिकरणका लागि भलिबल पनि एउटा माध्यम भएको बताउनुभयो ।
आयोजक बाँके जिल्ला भलिबल संघका अध्यक्ष टीएस ठकुरीले मिस नेपाल श्रेष्ठलाई मायाको चिनो दिनु भएको थियो ।
प्रतियोगितामा शनिबार आर्मी र एपीएफ तथा दोस्रो खेल नेपाल पुलिस र लुम्बिनी युनाइटेडका बीचमा हुनेछ ।


error: यो सुविधा उपलब्ध छैन !