किशोरीलाई आत्मसुरक्षा तालिम

नेपालगञ्ज – नेपालगञ्जमा किशोरी तथा महिलाका लागि आत्मसुरक्षा तालिम शुरु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाले १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा तालिमको आयोजना गरेको हो ।
जिल्लाका ३ सय ९६ जना किशोरी तथा महिला तालिममा सहभागी भएका छन् । तालिमको उद्घाटन गर्दै कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र, नेपालगञ्जका प्रमुख एसएसपी किरण राणाले किशोरीले आत्मरक्षाका लागि तालिम लिनु राम्रो कुरा भएको बताउनुभयो । उहाँले तालिमका साथसाथै आत्मबल दह्रो बनाउन किशोरीलाई सुझाव दिनुभयो ।


नेपालगञ्जका उपमेयर उमा थापामगरले आफ्नो सुरक्षा गर्न मानसिक र शारीरिक रुपमा किशोरीलाई सक्षम बनाउन तालिमको आयोजना गरिएको बताउनुभयो । उहाँले उपमहानगरपालिका भित्रका सबै किशोरीलाई आत्मरक्षा तालिम दिइने बताउनुभयो ।
नेपालगञ्ज उपमहानगरपालिकाका महिला तथा बालबालिका शाखाका प्रमुख शोभा शाहले विभिन्न किसिमको हिंसा र दुव्र्यवहारबाट बच्नका लागि तालिम आवश्यक रहेको बताउनुभयो ।
तीन दिनसम्म चल्ने तालिममा निरज न्यौपानेलगायतले सहजीकरण गर्नु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !