पीएम कप भलिबलको पुरस्कार राशी बढ्यो

नेपालगञ्ज – सातौं प्रधानमन्त्री आमन्त्रण महिला भलिबल प्रतियोगितामा पाँच वटा टीमको सहभागिता हुने भएको छ । पुरस्कार राशी बढेको प्रतियोगितामा नेपाल प्रहरी, एपीएफ, त्रिभुवन आर्मी, न्यू डायमण्ड र लुम्बिनी प्रदेशको टीमको सहभागिता रहेको छ ।
बाँके जिल्ला भलिबल संघको आयोजनामा फाल्गुन २१ देखि २५ गतेसम्म हुने प्रतियोगिता हुुँदैछ । संघका अध्यक्ष टीएस ठकुरीका अनुसार, प्रतियोगिताको विजेतालाई ५ लाख रुपैया पुरस्कार राखिएको छ । भलिबलमा पाँच लाख रुपैया पुरस्कार सर्वाधिकमध्येको हो । गतवर्ष विजेतालाई दुई लाख रुपैया दिइएको थियो । यो वर्ष दोस्रो हुनेलाई दुई लाख, तेस्रोलाई एक लाख र चौथो हुनेलाई ५० हजार रुपैया तोकिएको छ ।


प्रधानमन्त्री कप २०७० सालदेखि सञ्चालनमा रहेको छ ।
प्रतियोगिताको पूर्वसन्ध्यामा बिहीबार प्रतियोगिता मूल आयोजक समितिका संयोजक प्रदेश कृष्णा केसी नमुना, बाँकेका सात वटा पालिकाका उपप्रमुख, प्रतियोगिताका सद्भावनादुत मिस नेपाल नम्रता श्रेष्ठको उपस्थितिमा टीम, पुरस्कार राशी र ट्रफी सार्वजनिक गरिएको छ ।


प्रतियोगिताको पहिलो संस्करणमा नेपाल पुलिस क्लव, दोस्रोमा नेपाल एपीएफ, तेस्रो र चौथोमा भारतको रेलवे इण्डिया, पाँचौंमा एपीएफ र छैठौमा पुलिस प्रथम भएका थिए ।


error: यो सुविधा उपलब्ध छैन !