सेना दिवसमा ‘रन फर फन’

नेपालगञ्ज – सेना दिवसको अवसरमा फाल्गुन २६ गते बाँकेमा दोस्रो नेचर कन्जरभेसन रन (रन फर फन) हुने भएको छ ।
नेपाली सेनाको नम्बर ४ बाहिनी अड्डाको आयोजनामा शमशेरगञ्जमा रन फर फन हुने भएको हो ।
बाहिनीपति हरेन्द्र पाठकका अनुसार, रन फर फनमा २१ किलोमिटर पुरुष दौड, १० किलोमिटर महिला, ५ किलोमिटर महिला र पुरुष तथा २५ किलोमिटर साइक्लिङ प्रतियोगिता हुनेछ ।
सैनिक नागरिक सम्बन्धलाई अझ प्रगाढ बनाउन, निकुन्जको सम्वद्र्धन तथा विकासमा टेवा पु¥याउन, मनोरञ्जनसहित शारीरिक तन्दुरुस्तीका लागि प्रतियोगिता आयोजना गरिएको बाहिनीपति पाठकले बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !