छोराको जन्मदिनमा आमाको किताव
नेपालगञ्ज – साहित्यकार किरण आचार्यले छोरा विपिनको जन्म दिन पारेर कथा संग्रह ‘क्यानटोनमेन्ट’ प्रकाशन गर्नु भएको छ ।
क्रियटिभ बुक्सले प्रकाशन गरेको क्यानटोनमेन्टको बिहीबार नेपालगञ्जका मेयर डा. धवलशमशेर राणा, उपमेयर उमा थापामगर, वरिष्ठ साहित्यकार सनत रेग्मी, क्रियटिभ बुक्सका अध्यक्ष टीएस ठकुरीको उपस्थितिमा विमोचन गरिएको हो ।
आचार्यको यो चौथो कृति हो । यसअघि थारु भाषाको लोककथा सपरजुँवा, कविता संग्रहहरु अस्तित्व र अनुभूति प्रकाशित भइसकेको छ ।
मेयर डा. राणा, उपमेयर थापा, साहित्यकार रेग्मी र क्रियटिभ बुक्सका अध्यक्ष ठकुरीले आचार्यले शिक्षा र साहित्यिक क्षेत्रको विकासमा उल्लेखनीय भूमिका खेलेको बताउनुभयो । कृतिकार आचार्यले कथा संग्रहमा रहेका कथाहरुका बारेमा प्रकाश पार्नु भएको थियो ।