२३ देखि २६ गतेसम्म वडावडामा खोप

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले सबै वडामा चार दिनसम्म कोभिडविरुद्धको खोप लगाउने भएको छ ।
फाल्गुन २३ देखि २६ गतेसम्म उपमहानगरपालिकाका २३ वटै वडामा लक्षित समूहलाई खोप लगाउने नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्दले जानकारी दिनुभयो ।
सरकारले यो चरणमा सवारी चालक, सहचालक, पहिलो चरणमा छुटेका सबै र ५५ वर्षमाथिका व्यक्तिलाई खोप लगाउने बताएको छ ।
स्वास्थ्य शाखाका प्रमुख चन्दले एक सय १९ जना स्वास्थ्यकर्मी परिचालन गरिने बताउनुभयो । वडामा खोप लगाउन जादा खोप लगाइसकेपछि सामान्य असर गर्ने कुरा बताउने तयारी भएको छ । दश वर्षअघि हात्तीपाइलेविरुद्धको औषधी खुवाउदा सामान्य असरका बारेमा जानकारी नदिंदा अहिलेसम्म धेरैले औषधी खाइदिएका छैनन् ।
नेपालगञ्जका मेयर डा. धवलशमशेर राणाले लक्षित वर्ग सबैलाई समेटिने बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !