बढ्दै कफी पारखी, थपिदै क्याफे

नेपालगञ्ज – नेपालगञ्जमा कफीका पारखी बढ्दै गएका छन् । कफी पारखी बढ्दै जादा क्याफेको संख्या थपिदै गएको छ ।
नेपालगञ्ज बजारमा आधा दर्जनबढी क्याफे भइसकेका छन् । नयाँ थपिने क्रम जारी नै रहेको छ । चियामा रमेका नेपालगञ्जवासी पछिल्लो दिनमा क्याफेमा गफिएर त्यहाँको आनन्द वातावरणमा कफी पिउन थालेका छन् ।
नेपालगञ्जमा प्रायः सबै क्याफेको कफीको स्वाद उस्तै–उस्तै छन् । कफी संस्कृति बढ्दै गइरहेका बेलामा एकैपटक महंगो कफी चलनचल्तीमा ल्याइएको छैन । तथापी, क्याफेको सजावट र वातावरण फरक–फरक गराउने होड चलेको छ ।


नेपालगञ्जमा रोयल क्याफे थपिएको छ । रोयलका सञ्चालक कमल शाहीले आन्तरिक पर्यटकलाई बढावा दिन क्याफे सञ्चालनमा ल्याएको बताउनुभयो । ‘नयाँ–नयाँ ठाउँमा घुम्ने, खाने संस्कृति बढ्दो छ । आन्तरिक पर्यटकलाई सुन्दर वातावरणमा कफीसहित खाजा खुवाउन रोयल क्याफे सञ्चालनमा ल्याएका छौं, शाहीले भन्नुभयो, अहिले हामीले बजारमा चलनचल्तीमा रहेका कफी नै दिन्छौ । ग्राहकको माग आएमा नयाँ स्वाद र अलि महंगो कफी पनि राख्छौं ।’
नेपालगञ्जका सबै क्याफे सञ्चालकले लाखौं खर्च गरेर क्याफेको सजावट र बस्ने वातावरणमा ध्यान दिएको देखिन्छ ।


error: यो सुविधा उपलब्ध छैन !