६५ वर्षमाथिका २५ हजारलाई खोप लगाइदै

नेपालगञ्ज – बाँकेमा ६५ वर्षमाथिका २५ हजार बढीलाई कोभिड-१९ विरुद्धको खोप दिने तयारी भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख धीरजंग शाहका अनुसार, तेस्रो चरणको कोभिड-१९ विरुद्धको खोपमा ६५ वर्षमाथि र यसअघि छुटेका लक्षित समूहलाई खोप दिइने छ । फाल्गुन २३ गतेदेखि जिल्लाका ८१ वटै वडामा खोप दिने तयारी भएको छ । जिल्लामा ६५ वर्षमाथिका २५ हजार ७ सय ८९ जना रहेका छन् ।
तीन दिनसम्म चल्ने अभियानमा हरेक पालिकामा डाक्टरको नेतृत्वमा टीम परिचालन गरिएको छ । बाँकेमा यसअघि नै दश हजार खोप लगाइसकिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !