सहकारीको चुनावमा नेताहरुको भिडन्त

नेपालगञ्ज – खजुराको पुरानोमध्येको साझा सहकारीमा राजनीतिक दलहरु आ–आफ्ना उम्मेदवारलाई जिताउन मरिमेटेर लागेका छन् ।
नेकपा र कांग्रेसको गुटगत उम्मेदवारले प्रतिस्पर्धा गरेको चुनावको मतदान सकिएको छ । विभाजित नेकपा र कांग्रेसका दुई गरी चार जना मैदानमा उत्रिएका छन् । नेकपाका ओली र प्रचण्ड–नेपाल पक्षका जिल्लास्तरीय नेतामै चुनाव लागेको छ । जिल्लास्तरका नेतादेखि सांसदसम्म आफ्नो उम्मेदवारलाई जिताउन केही दिनदेखि चुनावमै होमिएका छन् ।


५ सय ८५ मतदाता रहेको सहकारीमा ४ सय ५५ मत खसेको छ । नेकपाका ओली पक्षले निर्मल खनाल र प्रचण्ड–माधव पक्षले घनश्याम निरौलालाई अध्यक्षमा अघि सारेका छन् । कांग्रेसबाट दिपबहादुर राना र केदार गिरीको उम्मेदवारी रहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !